०५ साउन २०८३, मंगलबार
आईसीसी क्रिकेट विश्वकप लिग–२

भीम सार्कीसँग ७४ रनको साझेदारी गर्दै पेभेलियन फर्किए आसिफ शेख

कात्तिक १९, २०८२
काठमाडौं
भीम सार्कीसँग ७४ रनको साझेदारी गर्दै पेभेलियन फर्किए आसिफ शेख

आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत बुधबार जारी संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमा नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ ।

नेपालले दोस्रो विकेटका रूपमा आसिफ शेखलाई गुमाएको हो । ओपनर ब्याट्सम्यान आसिफ शेख दूर्भाग्यपूर्ण तरिकाले रन आउट हुँदै पेभेलियन फर्किए ।

विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले आउट हुनुअघि ३४ रन बनाए । उनले ४८ बलको सामना गरी चार चौका पनि हिर्काएका थिए ।

१८औं ओभरको चौथो बलमा आसिफ शेख आउट हुँदा नेपालले ७८ रन बनाएको छ । पहिलो विकेटका रूपमा कुशल भुर्तेल आउट भएपछि आसिफ शेख र भीम सार्कीले ७४ रनको साझेदारी गरे ।

दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हो । 

salt training

कमेन्ट गर्नुहोस्