३० असार २०८३, मंगलबार

रविलाई बयानका लागि सिंहदरबार झिकाइयो

कात्तिक १९, २०८२
काठमाडौं
रविलाई बयानका लागि सिंहदरबार झिकाइयो
फाइल तस्वीर

राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि नख्खु कारागारबाट सिंहदरबार ल्याइएको छ। उच्चस्तरीय जाँचबुझ आयोगले बयान लिन रविलाई सिंहदरबारस्थित आयोगको कार्यालयमा झिकाएको हो ।

जेनजी आन्दोलनको क्रममा लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे बयान दिन लामिछानेलाई बोलाइएको आयोगका एक सदस्यले जानकारी दिए ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि कारागार रहेका बेला २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए ।

रवि बाहिर निस्किँदा कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकतामा समेत प्रश्न उठेको थियो । त्यसपछि रवि पुन: कारागारमै फर्किएका थिए ।

रवि निस्किएपछि नख्खुसहित देशभरका धेरै कारागारबाट कैदीबन्दी भागेका थिए । केही कैदी फर्किएपछि करिब पाँच हजार कारागारबाहिरै छन् ।

salt training

कमेन्ट गर्नुहोस्