०८ साउन २०८३, शुक्रबार

क्रिकेट विश्वकप लिग–२ : ब्याट्सम्यानबीच तालमेलको अभाव, ३७ रन बनाउँदै आउट भए ऐरी

कात्तिक १९, २०८२
काठमाडौं
क्रिकेट विश्वकप लिग–२ : ब्याट्सम्यानबीच तालमेलको अभाव, ३७ रन बनाउँदै आउट भए ऐरी
फाइल फोटो

आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत बुधबार जारी संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमा नेपालले आफ्नो पाँचौं विकेट गुमाएको छ ।

नेपालले पाँचौं विकेटका रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । छैटौं नम्बरमा क्रिज समाल्न आएका उनी ३७ रन बनाउँदै आउट भए । रन आउट भई मैदानबाट बाहिरिनुअघि उनले ४३ बलमा एक छक्का र तीन चौका हिर्काए ।

३३औं ओभरको पाँचौं बलमा उप–कप्तान दीपेन्द्र आउट हुँदा नेपालले एक सय ४३ रन बनाएको छ । यूएईविरुद्धको खेलमा नेपाली ब्याट्सम्यानहरूबीच गतिलो तालमेल देखिएको छैन । यसअघि ओपनर आसिफ शेख पनि रन आउट भएका थिए ।

दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपालले टस हारी पहिले ब्याटिङको निम्तो पाएको हो ।

salt training

कमेन्ट गर्नुहोस्