३२ असार २०८३, बिहीबार

दोहोरो अङ्कले बढ्यो नेप्से, ४ अर्ब ६८ करोडको कारोबार

कात्तिक १९, २०८२
काठमाडौं
दोहोरो अङ्कले बढ्यो नेप्से, ४ अर्ब ६८ करोडको कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।

आज नेप्से परिसूचक १२ दशमलव १७ अङ्कले बढेर दुई हजार ६०७ दशमलव ४२ को विन्दुमा कायम भएको हो ।

आज ३१२ कम्पनीको ९२ लाख १८ हजार ८१० कित्ता शेयर ४२ हजार ८७९ पटक खरिदबिक्री हुँदा चार अर्ब ६८ करोड १९ लाख २२ हजार ८१४ दशमलव ९६ को कारोबार भएको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन र म्युचुअल फन्ड समूहबाहेक अरू सबै समूहको उपसूचक बढेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको ३८ करोड ६१ लाख ५२ हजार ४८४ रुपैयाँ बराबरको सात लाख १० हजार २५९ कित्ता शेयर किनबेच भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्