
सामसङले नेपालमा लोकप्रिय ग्यालेक्सी एम सिरिजको नयाँ सदस्य ग्यालेक्सी एम १७ फाइभजी सार्वजनिक गरेको छ ।
प्रिमियम डिजाइन, मजबुत टिकाउपन र अत्याधुनिक AI-सक्षम फिचरसहित आएको यो स्मार्टफोनले आफ्नो सेग्मेन्टमै पहिलोपटक Optical Image Stabilization (OIS) अर्थात् ‘No Shake Camera’ प्रविधि ल्याएको छ ।
अब जहाँ भए पनि स्थिर र स्पष्ट फोटो तथा भिडियो कैद गर्न सकिनेछ । यो मोबाइल ती प्रयोगकर्ताहरूका लागि आदर्श विकल्प बनेको छ जसले आफ्नो प्रत्येक पललाई प्रो-लेभल क्वालिटीमा कैद गर्न चाहन्छन् ।
‘ग्यालेक्सी एम १७ फाइभजीमार्फत् हामी एआई र प्रिमियम क्यामेरा टेक्नोलोजीलाई अझ व्यापक नेपाली प्रयोगकर्तासम्म पुर्याउँदैछौं’, सामसङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स व्यवसाय निर्देशक प्रणय रत्न स्थापित भन्छन्, ‘नो शेक क्यामरासहितका नवीन सुविधाहरूले दैनिक जीवनलाई अझ स्मार्ट, सहज र रमाइलो बनाउनेछ । यो फोन ती युवाहरूका लागि बनाइएको हो, जो निडर, सिर्जनात्मक र सधैं गतिशील हुन्छन् ।’
Galaxy AI द्वारा सञ्चालित Galaxy M17 5G मा Circle to Search with Google र Real-time AI Assist जस्ता फिचरहरू समावेश छन्, जसले अन्वेषण, मल्टिटास्किङ र संवादलाई झन सहज बनाउँछ ।
६ न्यानोमिटरको Exynos 1330 प्रोसेसरले उत्पादकता, गेमिङ र स्ट्रिमिङमा छरितो तथा उर्जा-दक्ष प्रदर्शन प्रदान गर्छ ।
मुख्य विशेषतामा 6.7" FHD+ Super AMOLED डिस्प्ले, Corning Gorilla Glass Victus द्वारा सुरक्षित, IP54 रेटिङसहित धुलो र पानीबाट सुरक्षा रहेका छन् ।
यी सबै सुविधाहरूले Galaxy M17 5G लाई दैनिक जीवनका साहसिक क्षणका लागि भरपर्दो साथी बनाउने कम्पनीले जनाएको छ ।
ग्यालेक्सी एम १७ फाइभजी 4GB/128GB को २५ हजार ९९९ र 6GB/128GB को २७ हजार ९९९ रूपैयाँ मूल्य रहेको छ ।
Galaxy M17 5G अब देशभरका Samsung Authorized Retail Stores, Samsung Plaza र प्रमुख e-commerce प्लेटफर्ममा उपलब्ध छ ।
उपभोक्ताहरूले आफ्नो नजिकको सामसङ बिक्री केन्द्र वा अनलाइन स्टोरबाट यस नयाँ स्मार्टफोन खरिद गर्न सक्छन् ।