०९ साउन २०८३, शनिबार

१० औं राष्ट्रिय खेलकुद फागुनको पहिलो साता, पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुरलाई २५ लाख

कात्तिक १९, २०८२
काठमाडौं
१० औं राष्ट्रिय खेलकुद फागुनको पहिलो साता, पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुरलाई २५ लाख
१० औं राष्ट्रिय खेलकुदका लागि तयार पारिएको कर्णाली रंगशाला ।

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो फागुन पहिलो साता आयोजना गर्नेगरि नयाँ मिति तय भएको छ ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को १२३ औं बोर्ड बैठकले यो निर्णय गरेको हो ।

युवा तथा खेलकुदमन्त्री राखेपको अध्यक्ष पनि हुन् । राखेप बोर्डको निर्णय अनुसार, राष्ट्रिय खेलकुद प्रतियोगिताको १० औं संस्करण कर्णाली प्रदेशमा फागुन १ देखि ७ गतेसम्म आयोजना हुनेछ ।

बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्वधावक जितबहादुर केसीलाई २५ लाख रूपैयाँ नगद पुरस्कार दिन मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी, बैठकले लामो समयदेखि राष्ट्रिय प्रतियोगिता आयोजना नगर्ने राष्ट्रिय खेल संघलाई तीन महिनाभित्र राष्ट्रिय प्रतियोगिता गर्न निर्देशन दिने, राष्ट्रिय खेल संघ आफैंले घोषणा गरेको खेलाडीको सुविधा र पुरस्कार १५ दिनभित्र सम्बन्धित खेलाडीलाई उपलब्ध गराउन निर्देशन दिने, खेल संघले वैदेशिक भ्रमण सम्बन्धी प्रतिवेदन राखेपमा पेस गर्न निर्देशन दिनेलगायतको निर्णय पनि गरेको छ ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले सहजीकरण गरेको उक्त बैठकमा राखेपका उपाध्यक्ष ध्रुव आचार्य, खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, बोर्ड सदस्यलगायतको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्