३१ असार २०८३, बुधबार

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी पक्राउ

कात्तिक २३, २०८२
काठमाडौं
नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक प्रतिवादी पक्राउ परेका छन् ।

उक्त प्रकरणमा संलग्न रही फरार रहेका रौतहटको फतुवा हर्साह- ९ का ४२ वर्षीय निराजन भन्ने निरन्जनकुमार खरेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा उनलाई शुक्रबार पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले जानकारी दिए ।​

उनका अनुसार खरेलले नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहले असुल गरेको रकम नगद तथा चेकमार्फत जम्मा गर्ने, ओसारपसार गर्नेलगायतका कार्यमा उनी संलग्न थिए ।

null

salt training

कमेन्ट गर्नुहोस्