२१ असार २०८३, आइतबार

अमेरिकी सिनेटरहरूले गरे सटडाउन अन्त्य गर्न सक्ने सम्झौता अनुमोदन

कात्तिक २४, २०८२
काठमाडौं
अमेरिकी सिनेटरहरूले गरे सटडाउन अन्त्य गर्न सक्ने सम्झौता अनुमोदन

अमेरिकी सिनेटरहरूले देशको इतिहासमा सबैभन्दा लामो सरकारी बन्द (सटडाउन) अन्त्य गर्न सक्ने सम्झौतालाई अनुमोदन गरेका छन् । डेमोक्रेटिक सांसदहरूको समूहले सिनेटमा रिपब्लिकन नेताहरूसँग भएको सम्झौतालाई अनुमोदन गरेको हो । 

४० दिनको गतिरोधपछि सटडाउन अन्त्य गर्ने दिशामा यो प्रगतिको पहिलो संकेत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । यो सम्झौताले सरकारी सेवाहरू पुन: शुरू गर्ने बाटो खोल्न सक्छ।

तर, यो सम्झौता अझै पनि अमेरिकी कांग्रेसले पारित गर्न आवश्यक , र सिनेटमा यसको विरोध गर्ने डेमोक्रेटहरूले प्रक्रियालाई ढिलो गर्न सक्छन्।

विगत केही हप्ताहरूमा सटडाउनले लाखौं सरकारी कर्मचारीहरूलाई तलब बिना काम गर्न बाध्य पारेको छ र अमेरिकाभरि सेवाहरू अवरुद्ध गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्