१३ असार २०८३, शनिबार

अस्पतालको सामग्री चोरेको आरोपमा कर्मचारीसहित ३ जना पकाउ

कात्तिक २४, २०८२
विराटनगर
अस्पतालको सामग्री चोरेको आरोपमा कर्मचारीसहित ३ जना पकाउ

प्रादेशिक अस्पताल भद्रपुर, झापामा भएका चोरीका विभिन्न घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

चोरीको आरोपमा पक्राउ पर्नेमा रञ्जित घोष, सुरज जमदार र विश्वनाथ राजवंशी रहेका छन् । तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गत कात्तिक ३ गते प्रादेशिक अस्पताल भद्रपुरको पुरानो भवनको सर्जिकल वार्डको बाहिरी भाग, किचन, गाइनो वार्डको ओपीडी हुँदै ओटी बाहिरसम्म अक्सिजन सप्लाई गर्न जडान गरिएको तामाको पाइप चोरी भएको थियो । 

उक्त घटनाको अनुसन्धानका क्रममा भद्रपुर नगरपालिका-६ बस्ने ३७ वर्षीय रञ्जित घोषलाई सोमबार पक्राउ गरिएको हो । 

कात्तिक १८ गते दिउँसो  प्रादेशिक अस्पताल भद्रपुरको गाइनो वार्डको पहिलो तलाबाट अक्सिजनको पाइप चोरी गरिरहेको अवस्थामा अस्पतालको सीसीटीभी फुटेजबाट देखिएपछि भद्रपुर नगरपालिका-१० बस्ने ३० वर्षीय सुरज जमदारलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका जमदार सोही अस्पतालका सरसफाइ कर्मचारी (स्वीपर) हुन् । प्रहरीले चोरी भएको ३ किलो तामाको पाइप पनि बरामद गरेको छ ।

यस्तै, कात्तिक २२ गते प्रादेशिक अस्पताल भद्रपुरको औषधि स्टोर कोठाभित्रबाट मेचीनगर नगरपालिका-७ बस्ने २८ वर्षीय विश्वनाथ राजवंशीले  मेथाडोल नामक झोल औषधि चोरी गरेको सीसीटीभी फुटेजबाट देखिएको थियो । राजवंशीलाई पनि आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत झापाबाट पहिलो पटक ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्