
वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका बाँकी खेल बुधबारदेखि पुन: सञ्चालन हुँदैछ । प्रतियोगिताका बाँकी खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा खेलाइने छ ।
प्रतियोगितामा बुधबार दुई खेल हुनेछन् । पहिलो खेल कर्णाली याश्विस र मधेश युनाइटेडबीच खेलिने छ । उक्त खेल दिउँसो १५:०० बजे शुरू हुनेछ ।
बुधबारको दोस्रो खेल ललितपुर क्विन्स र पोखरा निन्जाजबीच खेलिने छ । दोस्रो खेल साँझ ५ बजे शुरू हुनेछ ।
यसअघि, प्रतियोगिता पोखरामा आयोजना भएको थियो । तर, जेन–जी प्रदर्शनपछि विकसित असहज परिस्थितिका कारण प्रतियोगिता बीचमै स्थगित गरिएको थियो ।
आयोजक इन्फिनिटी ड्रिम्सका अनुसार, महिला भलिबल लिगको १६ मध्ये नौ खेल सम्पन्न भइसकेको छ ।