०२ साउन २०८३, शनिबार
एभरेष्ट महिला भलिबल लिग

पोखरा निन्जाजलाई हराएपछि काठमाडौं स्पाइकर्सको फाइनल पुग्ने सम्भावना जिवितै

कात्तिक २७, २०८२
काठमाडौं
पोखरा निन्जाजलाई हराएपछि काठमाडौं स्पाइकर्सको फाइनल पुग्ने सम्भावना जिवितै

काठमाडौं स्पाइकर्सले वात्सल्य एभरेष्ट महिला भलिबल लिगको फाइनलमा पुग्ने सम्भावना जिवितै राखेको छ । काठमाडौं स्पाइकर्सले बिहीबार खेलिएको प्रतिस्पर्धात्मक खेलमा पोखरा निन्जाजलाई ३–१ सेटले हरायो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलिएको उक्त खेलमा काठमाडौं स्पाइकर्सले शुरूको दुई सेटमा लगातार सफलता हात पारेको थियो । त्यसपछि तेस्रो सेटमा पोखरा निन्जाजले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो ।

काठमाडौं स्पाकइकर्सले पहिलो सेटको नतिजालाई २५–१९ अंकले आफ्नो पक्षमा पारेको थियो । काठमाडौं स्पाइकर्सले दोस्रो सेटको नतिजालाई पनि २५–१७ अंकले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा भने काठमाडौं स्पाइकर्सले लय गुमाएको थियो ।

तेस्रो सेटमा पोखरा निन्जाज २५–१२ अंकले अगाडि रह्यो । पोखरा निन्जाजका लागि मीना सुनार र कप्तान प्रगति नाथले उत्कृष्ट प्रदर्शन गरे । चौथो सेट पनि निकै प्रतिस्पर्धात्मक रह्यो ।

तर, काठमाडौं स्पाइकर्सले चौथो सेटको नतिजालाई पनि २५–१८ अंकले आफ्नो पक्षमा पार्‍यो । यो जितपछि काठमाडौं स्पाइकर्सको फाइनलमा पुग्ने सम्भावना जिवितै छ । पोखरा निन्जाज भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।

अब ललितपुर क्विन्स र काठमाडौं स्पाइकर्समध्ये एक टोली फाइनलमा पुग्नेछन् । काठमाडौं स्पाइकर्सले आफ्नो अन्तिम खेल शुक्रबार लुम्बिनी लाभाजसँग खेल्नेछ ।

बिहीबारको दोस्रो खेल लुम्बिनी लाभाज र मधेश युनाइटेडबीच खेलिने छ । यो खेल साँझ १७:०० बजे शुरू हुनेछ । यी दुवै टोली उपाधि होडबाट बाहिरिइसकेका छन् ।

एभरेष्ट महिला भलिबल लिगको यो दोस्रो संस्करण हो । यसअघि दोस्रो संस्करणका खेलहरू पोखरामा खेलाइएको थियो । तर, जेन–जीको प्रदर्शनपछि विकसित असहज परिस्थितिका कारण खेल बीचमै स्थगित भएको थियो । प्रतियोगिताको आयोजक इन्फिनिटी ड्रिम्स हो ।

salt training

कमेन्ट गर्नुहोस्