१३ असार २०८३, शनिबार

लापसे गरेर गाडी चलाएको आरोपमा ३ जना पक्राउ

कात्तिक २८, २०८२
काठमाडौं
लापसे गरेर गाडी चलाएको आरोपमा ३ जना पक्राउ

लागुपदार्थ सेवन (लापसे) गरेर सवारी साधन चलाएको आरोपमा ट्राफिक प्रहरीले ३ जना चालकलाई पक्राउ गरेको छ ।

शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बा २ ख २८११ नम्बरको हाइस चालक सिन्धुलीको सुनकोशी गाउँपालिका ४ का २६ वर्षीय आशिष नेपाली, बा ५ ख ८९२० नम्बरको मिनिट्रक चालक रामेछापको खाडादेवी गाउँपालिका ६ का ३६ वर्षीय श्रीकृष्ण खत्री र बा १९ च १३ ५५ नम्बरको पिकअप गाडी चालक  सिन्धुपाल्चोकको जुगल गाउँपालिका १ का ३२ वर्षीय राम हरि सिलवाल रहेका छन् ।

उनीहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा  पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

आफू सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा तत्कालै नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न प्रहरीले आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्