१८ असार २०८३, बिहीबार

बिहारमा महागठबन्धनको निराशाजनक पराजयपछि काङ्ग्रेस नेता गान्धी र खर्गेबीच भेटवार्ता

कात्तिक २९, २०८२
काठमाडौं
बिहारमा महागठबन्धनको निराशाजनक पराजयपछि काङ्ग्रेस नेता गान्धी र खर्गेबीच भेटवार्ता

भारतको बिहार विधानसभा चुनावमा महागठबन्धनको भारी पराजयपछि प्रतिनिधिसभाका विपक्षी नेता तथा कांग्रेस सांसद राहुल गान्धी पार्टी अध्यक्ष मल्लिकार्जुन खर्गेको निवास पुगेका छन्। बैठकमा पार्टीको खराब प्रदर्शनको मूल्याङ्कनमा केन्द्रित हुने अपेक्षा गरिएको छ।

यसअघि शुक्रबार राहुल गान्धीले बिहार विधानसभा चुनावमा सुरुदेखि नै अनुचित प्रभाव परेको दाबी गरेका थिए । काङ्ग्रेसले ६१ सिटमा चुनाव लडेपनि दोहोरो अङ्कमा मतपरिणाम ल्याउन सकेन । सन् २०२० को बिहार चुनावमा काङ्ग्रेस पार्टीले लडेको ७० सिटमध्ये १९ सिट जितेको थियो।

चुनावपछि पार्टीले आफ्नो प्रदर्शनको समीक्षा गर्ने र काङ्ग्रेस संविधान र लोकतन्त्रको रक्षाका लागि लडिरहने गान्धीले बताए । 

कांग्रेस सांसद जयराम रमेशले महागठबन्धनको हारका लागि ‘भोट चोरी’लाई जिम्मेवार ठहराउँदै प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र निर्वाचन आयोग यसको पछाडि ‘मास्टरमाइन्ड’ रहेको बताए ।

उनले भने, “काङ्ग्रेस ‘संविधानको रक्षा र लोकतन्त्र बचाउने’ अभियानमा प्रतिबद्ध छ।

बिहारमा काङ्ग्रेसको समस्या सन् २०२५ को चुनावमा पनि कायम रह्यो, पार्टीले लडेका ६० सिटमध्ये छ सिटमा मात्र जित हासिल गरेको छ। यो १० प्रतिशतभन्दा कमको अप्रभावी रूपान्तरण दर हो । महागठबन्धनमा उनीहरूको सहयोगी राष्ट्रिय जनता दल (आरजेडी) ले मात्र २५ सिट जितेको छ र २४३ सदस्यीय विधानसभामा महागठबन्धनको कुल सङ्ख्या ३५ पुगेको छ।

यसैबीच, एनडीएले सन् २०२५ को बिहार चुनावमा ऐतिहासिक विजय प्राप्त गरेको छ। राज्यको २४३ सीटमध्ये एनडिएले २०२ सिट जितेको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्