११ साउन २०८३, सोमबार

प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

मंसिर १, २०८२
काठमाडौं
प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला सुनको मूल्य २ लाख ४३ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ ।

अघिल्लो दिन सुन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।

अघिल्लो दिन प्रतितोला ३१ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ३१ सय ५५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्