२९ असार २०८३, सोमबार

एनपीएलमा आज : गत संस्करणको बदला लिने दाउमा चितवन, अर्को जीत हात पार्ने लुम्बिनीको लक्ष्य

मंसिर ४, २०८२
काठमाडौं
एनपीएलमा आज : गत संस्करणको बदला लिने दाउमा चितवन, अर्को जीत हात पार्ने लुम्बिनीको लक्ष्य

जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । 

रोहित पौडेलको कप्तानीमा लुम्बिनी मैदानमा उत्रन लागेको हो भने कुशल मल्लको नेतृत्वमा चितवन राइनोजले स्पर्धा गर्दैछ । 

पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन गति कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ । लुम्बिनी सुखद् शुरूआत गर्न चाहन्छ ।

गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो । चितवन राइनोज गत संस्करण प्लेअफसम्म पुगेको थियो।  

गत संस्करणको  लिग चरणमा चितवनविरुद्ध लुम्बिनी ३३ रनले विजयी भएको थियो । आज उक्त हारको बदला लिने दाउमा चितवन रहनेछ भने लुम्बिनी अर्को जीत हात पार्ने लक्ष्यमा छ ।

salt training

कमेन्ट गर्नुहोस्