०३ साउन २०८३, आइतबार
सर्वोच्च अदालतको आदेश

दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

मंसिर ४, २०८२
काठमाडौं
दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थिति गराउन आदेश गरेको छ । 

प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा बिहीबार न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊसहित प्रतिवादी प्रसाईंलाई सशरीर २४ घण्टाभित्र उपस्थित गराउन आदेश गरेको हो । 

प्रशासनले अनुमति नदिएकै बखत विरोध प्रदर्शनको धम्की दिएपछि उनलाई सार्वजनिक शान्तिविरुद्धको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासनको अनुमतिमा चार दिन म्याद थप गरी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । 

प्रसाईंको थुना गैरन्यायिक भन्दै थुनामुक्त गर्न माग गर्दै छोरा निराजनले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । 

null

salt training

कमेन्ट गर्नुहोस्