०६ साउन २०८३, बुधबार
नेपाल प्रिमियर लिग

अनुभवी बोपराको अर्धशतकसँगै चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य

मंसिर ४, २०८२
काठमाडौं
अनुभवी बोपराको अर्धशतकसँगै चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबार जारी खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई जितका लागि १४३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४२ रन बनाएको हो ।

माथिल्ला तीन ब्याट्सम्यानलाई सस्तैमा गुमाएको चितवनका लागि अनुभवी खेलाडी रवि बोपराले अर्धशतकीय योगदान गरे ।

टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले ६६ रन बनाए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले केवल ५५ बलमा तीन छक्का र चार चौका पनि हिर्काए ।

कप्तान कुशल मल्लले पनि टोलीको खातामा २१ रन थपे । पाँचौं नम्बरका ब्याट्सम्यान मल्लले १८ बलमा एक छक्का पनि प्रहार गरे ।

चितवनका दुवै ओपनर ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्किएका थिए । डेभिड मलान पहिलो बलमै आउट भए भने अर्का ओपनर दीपक बोहरा पनि १० रनभन्दा अगाडि बढ्न सकेनन् ।

तेस्रो नम्बरका ब्याट्सम्यान देव खनाल पनि केवल १४ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले १९ बलमा एक छक्का प्रहार गरेका थिए ।

छैटौं नम्बरमा क्रिज समाल्न आएका सेफ जेबले टोलीको खातमा १५ रन थपे । उनले केवल सात बलमा एक छक्का र दुई चौका पनि हिर्काए ।

विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद आठ रनमा अविजित रहे । सोहेल तनवीर पाँच रन बनाउँदै अन्तिम ओभरको अन्तिम बलमा आउट भए । चितवनले अतिरिक्त रूपमा केवल तीन रन पायो ।

लुम्बिनी लायन्सका बलर रुवेन ट्रम्पलम्यानले तीन विकेट लिए । उनले चार ओभरमा २३ रन खर्चिए । अभिषेश गौतमले पनि दुई विकेट हात पारे । गुलबदिन नाइबले पनि दुई विकेट कुम्ल्याए ।

एनपीएलको दोस्रो संस्करणमा चितवन राइनोजले आफ्नो दोस्रो खेल खेलेको हो । पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले हराएको थियो । लुम्बिनी लायन्सको भने यो पहिलो खेल हो ।
 

salt training

कमेन्ट गर्नुहोस्