२९ असार २०८३, सोमबार

पोखराविरुद्ध सुदूरपश्चिमका ब्राउनले बनाए अर्धशतक

मंसिर ५, २०८२
काठमाडौं
पोखराविरुद्ध सुदूरपश्चिमका ब्राउनले बनाए अर्धशतक

​नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबार जारी पोखरा एभेन्जर्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सका ओपनर ब्याट्सम्यान जोस ब्राउनले अर्धशतक बनाएका छन् ।

प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका उनले २९ बलको सामना गरी तीन छक्का र पाँच चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।

जारी सिजनको एनपीएलमा अर्धशतक प्रहार गर्ने उनी सुदूरपश्चिम रोयल्सका दोस्रा खेलाडी हुन् ।

यसअघि, काठमाण्डू गोर्खाजविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सका हरमित सिंहले २० बलमा ५३ रन बनाएका थिए ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

पोखरा एभेन्जर्सले टस जितेर पहिले फिल्डिङको निर्णय लिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्