
बैतडीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पञ्चेश्वर गाउँपालिका- ४ बगौरा बस्ने ४१ वर्षीय गम्भीरबहादुर चन्द छन् । उनलाई शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चन्दलाई प्रहरीले महाकाली करिडोरबाट भरुवा बन्दुक १ थान, छर्रा ३५ थान, बारुद र केप १ थानसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित नियन्त्रणमा लिएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।