०५ साउन २०८३, मंगलबार

नेत्रहीन महिला विश्वकपको उपाधि भारतलाई, नेपाल उपविजेतामा सीमित​

मंसिर ७, २०८२
काठमाडौं
नेत्रहीन महिला विश्वकपको उपाधि भारतलाई, नेपाल उपविजेतामा सीमित​
फाइल फोटो

नेत्रहीन महिला टी-२० विश्वकपको उपाधि भारतले जितेको छ ।​

श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा भएको खेलमा नेपाललाई ७ विकेटले पराजित गर्दै भारतले उपाधि कब्जा गरेको हो ।​​

नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२ ओभर १ बलमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । भारतका लागि फूला सरेनले नटआउट ४४ रन बनाइन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ११४ रन बनाएको थियो ।​

नेत्रहीन महिला विश्वकप भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना भएको हो ।

नेपालले शनिबार कोलम्बोमा भएको सेमिफाइनल खेलमा पाकिस्तानलाई सात विकेटले हराउँदै फाइनलमा भातरसँगको भेट पक्का गरेको थियो ।

भारत भने पहिलो सेमिफाइनल खेलमा अस्ट्रेलियालाई हराउँदै फाइनलमा पुगेको हो ।

salt training

कमेन्ट गर्नुहोस्