
४ महिनामा देशको व्यापार घाटा ५ खर्ब नाघेको छ ।
चालु आर्थिक वर्षको कात्तिक महिनासम्म देशको कुल व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख ५७ हजार रुपैयाँ रहेको भन्सार विभागको तथ्याङ्कले देखाएको हो ।
गत वर्षको सोही अवधिमा देशको व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ करोड ७३ लाख २८ हजार रुपैयाँ रहेको थियो । गत आवको तुलनामा व्यापार घाटा ११.९९ प्रतिशतले बढेको छ ।
कात्तिक महिनासम्म नेपालले कुल ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख ३३ हजार रुपैयाँको वस्तु आयात गरेको छ ।
गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा देशको आयात १८.१७ प्रतिशतले बढेको छ ।
त्यस्तै, चालु आर्थिक वर्षको चार महिनामा नेपालले ९३ अर्ब ४९ करोड ५७ लाख ७६ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ ।