
झापामा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।
दमक नगरपालिका-८ बाट पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली १५ राउन्डसहित सोही ठाउँ बस्ने २५ वर्षीय सरोज पुरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।