
जब तपाईं साडी लगाउनुहुन्छ त्यसले निकै आकर्षक लुक्स दिन्छ । धेरैजसो अवसरमा साडी प्रभावकारी देखिन्छ, जसले गर्दा अधिकांश महिलाहरूको पहिलो रोजाइ साडी नै हुन सक्छ ।
जाडोयाममा पनि साडीमा गजबको आकर्षण देखाउन सकिन्छ । तर, चिसोबाट जोगिन महिलाहरू साडीसँग सल लगाउने गर्छन् । तर, सल ओढ्ने सामान्य तरिकाले तपाईंको साडीको लुक्सलाई सामान्य बनाउन सक्छ ।
जाडोयाममा कुनै समारोहमा सहभागी हुँदै हुनुहुन्छ भने, साडीसँग सललाई स्टाइलिस तरिकाले लगाउनु महत्त्वपूर्ण हुन्छ । यहाँ केही सुझावहरू छन्, जसले तपाईंलाई साडीसँग सललाई आकर्षक ढंगले लगाउन मद्दत गर्नेछ ।
अगाडिबाट खुला छाड्नुहोस्
यदि तपाईं सिल्कको साडी लगाउँदै हुनुहुन्छ भने, सललाई काँधमा खुला राख्नुहोस् र अगाडिबाट खुला छाड्नुहोस् । ध्यान दिनुस्, यस्तो शैलीका लागि सलको रङ साडीको किनाराको रङसँग मिल्दोजुल्दो हुनुपर्छ ।
सललाई बेल्टको साथ लपेट्नुहोस्
पार्टी वा औपचारिक कार्यक्रममा सललाई बेल्टको साथ लगाउनुहोस् । यसका लागि सललाई एउटा काँधमा राख्नुहोस् र कम्मरमा बेल्ट लगाउनुहोस् । हल्का डिजाइन भएको वा स्टेटमेन्ट पीसजस्तो बेल्टको छनोट गर्नुहोस् । यसले तपाईंको साडी लुकलाई पारम्परिक र आधुनिक समिश्रण दिनेछ ।
सललाई साडीको पल्लाजस्तै लगाउनुहोस्
सललाई पल्लाजस्तै काँधमा राख्नुहोस् र अगाडिबाट हातमा समात्नुहोस्। स्टाइलिस लुकका लागि साडीसँग विपरीत रङको सलको छनोट गर्नुहोस् । जसले तपाईंको लुकलाई अझ निखार्नेछ । यस शैलीका लागि हल्का वा साधारण साडीसँग गह्रुँगो सल लगाउन सक्नुहुनेछ ।