११ असार २०८३, बिहीबार

जेनजी आन्दोलनमा बैंकको एटीएम बुथ तोडफोड गर्ने एक जना पक्राउ

मंसिर ९, २०८२
काठमाडौं
जेनजी आन्दोलनमा बैंकको एटीएम बुथ तोडफोड गर्ने एक जना पक्राउ

प्रहरीले जेनजी आन्दोलनका क्रममा बैंकको एटीएम बुथ तोडफोड गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाँउपालिका-८ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-७ नगदेश बस्ने २९ वर्षीय बुद्धिमान तामाङ रहेका छन् ।

उनले जेजनी आन्दोलनका क्रममा प्रहरी वृत्त ठिमीसँगै रहेको राष्ट्रिय वाणिज्य बैंकको एटीएम बुथ तोडफोड गरेको प्रहरीले जनाएको छ । 

उनलाई यही मंसिर ७ गते पक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी, डीएसपी प्रकाश जबेगुले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्