२६ असार २०८३, शुक्रबार

एनपीएलमा आज : अपराजित विराटनगरलाई चितवनको चुनौती

मंसिर १०, २०८२
काठमाडौं
एनपीएलमा आज : अपराजित विराटनगरलाई चितवनको चुनौती

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै छन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको अपराजित विराटनगर दुईमध्ये एक खेल जितेको चितवनबीचको खेल साँझ ४ बजे शुरू हुने छ । 

लगातार तीन खेलमा जितसहित विराटनगर तालिकाको दोस्रो स्थानमा छ भने दुई खेलबाट दुई अंक जोडेको चितवन तालिकाको चौथो स्थानमा छ । 

विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको थियो । दोस्रो खेलमा काठमाण्डू गोर्खाजलाई पाँच विकेटले र तेस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई नौ रनले हराएको थियो । 

पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराए पनि चितवनले दोस्रो खेलमा भने लुम्बिनी लायन्सविरुद्ध ६ विकेटको हार व्यहोरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्