११ साउन २०८३, सोमबार

डलरदेखि कतारी रियालसम्म: यस्तो छ आजको विनिमयदर

मंसिर १०, २०८२
काठमाडौं
डलरदेखि कतारी रियालसम्म: यस्तो छ आजको विनिमयदर

 नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

विवरणअनुसार एक अमेरिकी डलरको खरिददर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा तोकिएको छ। युरोको खरिददर १६४ रुपैयाँ २८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ। यस्तै, एक ब्रिटिस पाउण्ड आज १८६ रुपैयाँ ८४ पैसामा खरिद र १८७ रुपैयाँ ६२ पैसामा बिक्री भइरहेको छ।

स्विस फ्राङ्कको खरिददर १७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६१ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९२ रुपैयाँ २३ पैसा छ। क्यानाडियन डलर १०० रुपैयाँ ८७ पैसामा खरिद र १०१ रुपैयाँ २९ पैसामा बिक्री भइरहेको छ ।

जापानी येन १० युनिटका लागि खरिददर ९ रुपैयाँ १० पैसा र बिक्रीदर ९ रुपैयाँ १४ पैसा तोकिएको छ। चिनियाँ युआनको खरिददर २० रुपैयाँ १० पैसा र बिक्रीदर २० रुपैयाँ १९ पैसा निर्धारित छ।

साउदी रियाल आज ३७ रुपैयाँ ९८ पैसामा खरिद र ३८ रुपैयाँ १४ पैसामा बिक्री भइरहेको छ। कतारी रियालको खरिददर ३९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३९ रुपैयाँ २६ पैसा तोकिएको छ। यस्तै, युएई दिरहमको खरिददर ३८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा छ।

मलेसियन रिङ्गिट ३४ रुपैयाँ ४६ पैसामा खरिद र ३४ रुपैयाँ ६० पैसामा बिक्री भइरहेको बैंकले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्