२७ असार २०८३, शनिबार

विराटनगरविरुद्ध चितवनले पहिले ब्याटिङ गर्ने

मंसिर १०, २०८२
काठमाडौं
विराटनगरविरुद्ध चितवनले पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत बुधबार विराटनगर किङ्स र चितवन राइनोजबीच खेल हुँदैछ । उक्त खेलमा चितवनले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर चितवनले पहिले ब्याटिङको निम्तो पाएको हो । एनपीएलको दोस्रो संस्करणमा खेल्न लागिएको यो १२औं खेल हो ।

जारी एनपीएलमा विराटनगर किङ्सले चाथो र चितवन राइनोजले तेस्रो खेल खेल्न लागेका हुन् । विराटनगर किङ्सले तीनवटै खेलमा जित हात पारेको छ ।

चितवन राइनोजले भने दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । अंक तालिकामा विराटनगर किङ्स दोस्रो र चितवन राइनोज पाँचौं स्थानमा आसीन छन् ।

कमेन्ट गर्नुहोस्