२९ असार २०८३, सोमबार

एनपीएलमा रवि बोपराको अर्को अर्धशतक

मंसिर १०, २०८२
काठमाडौं
एनपीएलमा रवि बोपराको अर्को अर्धशतक

नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार विराटनगर किङ्सविरुद्धको खेलमा चितवन राइनोजका अनुभवी ब्याट्सम्यान रवि बोपराले अर्धशतक बनाएका छन् ।

पाँचौं नम्बरमा क्रिज समाल्न आएका बोपराले आक्रामक पाली खेल्दै केवल २९ बलमा तीन छक्का र दुई चौकाको मद्दतले आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

जारी सिजनको एनपीएलमा बोपराले प्रहार गरेको यो तेस्रो अर्धशतक हो । उनले यसअघि खेलिएको दुवै खेलमा पनि अर्धशतक बनाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्