
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यात्रुहरूका लागि छुटसहित नयाँ भाडा दर योजना लागू गरेको छ ।
निगमले काठमाडौंबाट दमाम, दोहा, दुबई तथा क्वालालम्पुर गन्तव्यका श्रमिकहरूका लागि छुटसहित नयाँ भाडा दर योजना लागू गरेको हो ।
नेपालबाट यी गन्तव्यहरूमा जाने नेपाली श्रमिकका लागि विशेष छुटसहित नयाँ भाडा दर योजना लागू गरिएको निगमले जनाएको छ ।
निगमले शुक्रबार विज्ञप्तिमार्फत् नेपालबाट तोकिएका गन्तव्यमा यात्रा गर्दा प्रत्येक उडानमा दश वटा सिटमा साबिकको भाडामा १० प्रतिशत विशेष सहुलियत दिने निर्णय भएको जानकारी दिएको हो ।
जुन भाडा दर श्रम मुलुकमा यात्रा गर्ने यात्रुले आवश्यक कागजातसहित निगमको नेपालस्थित कार्यालयहरूका टिकट काउन्टरबाट सेवा लिन सक्नेछन् ।
यसबाट श्रम मुलुकमा यात्रा गर्ने यात्रुलाई विशेष सुविधा, सहयोग तथा सहुलियत हुने विश्वास निगमले लिएको छ ।