०७ साउन २०८३, बिहीबार
नेपाल प्रिमियर लिग

लुम्बिनीविरुद्ध पोखराले पहिले ब्याटिङ गर्ने

मंसिर १३, २०८२
काठमाडौं
लुम्बिनीविरुद्ध पोखराले पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच पहिलो खेल हुँदैछ ।

उक्त खेलमा पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङको निर्णय लिएको हो ।

लुम्बिनीले पाँचौँ र पोखराले चौथो खेल खेल्न लागेका हुन् । लुम्बिनीले चारमध्ये एक खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ ।

पोखराले भने एक खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ । तालिकामा पोखरा छैटौँ र लुम्बिनी सातौं स्थानमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्