०६ साउन २०८३, बुधबार

एनपीएलमा पहिलोपटक विदेशी कप्तान

मंसिर १३, २०८२
काठमाडौं
एनपीएलमा पहिलोपटक विदेशी कप्तान

नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलोपटक विदेशी खेलाडीले कप्तानी गरेका छन् ।

आज दक्षिण अफ्रिकाका पूर्वअलराउन्डर वायन पार्नेलले जनकपुर बोल्ट्सको कप्तानी सम्हालिरहेका छन् । 

यसअघिका नियमित कप्तान अनिल साहलाई अन्तिम ११ समेत नसमेटेको जनकपुरले पार्नेललाई कप्तानीको जिम्मेवारी दिएको हो । पार्नेलले कप्तानी सम्हाल्दै एनपीएल इतिहासमै पहिलो विदेशी खेलाडी बने । 

उनको कप्तानीमा जनकपुरले आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा सुदूरपश्चिम रोयल्सविरुद्धको पहिले ब्याटिङ रोजेको छ । 

लगातार तीन खेल हारेको जनकपुर यो खेल जित्नै पर्ने दबाबमा छ ।   
 

salt training

कमेन्ट गर्नुहोस्