२० असार २०८३, शनिबार
नेपाल प्रिमियर लिग

काठमाण्डूविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली

मंसिर १४, २०८२
काठमाडौं
काठमाण्डूविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली

नेपाल प्रिमियर लिग (एनपीएल)को आजको कर्णाली याक्स र काठमाण्डू गोर्खाज प्रतिस्पर्धा गर्दैछन् ।

र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले जारी प्रतियोगितामा चार खेलमा एउटामा मात्रै जित निकालेको छ ।

दुई अङ्क मात्रै जोडेको कर्णाली छैटौं स्थानमा छ । प्लेअफमा यात्राको बाटोमा रहिरहन उसलाई आजको जित आवश्यक छ ।

करण केसीको नेतृत्वमा रहेको काठमाण्डूले पाँच खेलबाट तीनमा जित निकाल्दै तालिकाको तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा जोडिन काठमाण्डूका लागि पनि यो खेल महत्त्वपूर्ण हुनेछ ।

प्रतियोगितामा अपराजित सुदूरपश्चिम रोयल्स पाँच वटै खेलमा जितका साथ प्लेअफमा सुरक्षित भइसकेको छ ।

नेपाल क्रिकेट सङ्घको आयोजनामा यही मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

salt training

कमेन्ट गर्नुहोस्