
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबार जारी खेलमा चितवन राइनोजले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको साबिक विजेता जनकपुर बोल्ट्सका ब्याट्सम्यान अनिल साहले अर्धशतक बनाएका छन् ।
अनिल साहले केवल २८ बलमा तीन छक्का र दुई चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।
अनिल साहको अर्धशतक जारी सिजनको एनपीएलमा बनेको २५औं अर्धशतक हो । जनकपुर र चितवनबीच जारी खेलमा बनेको यो चौथो अर्धशतक हो ।
यसअघि, जनकपुरका ओपनर ब्याट्सम्यान माज सदाकत, चितवन राइनोजका दुवै ओपनर ब्याट्सम्यान डेभिड मलान र अर्जुन साउदले अर्धशतक बनाएका थिए ।
माज सदाकतले ६३, डेभिड मलानले ८० र अर्जुन साउदले ५२ रन बनाएका थिए ।