०८ असार २०८३, सोमबार

कटहरिया नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मंसिर १६, २०८२
काठमाडौं
कटहरिया नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
फाइल फोटो

रौतहटको कटहरिया नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहित ७ जना र सरिता फाउण्डेशन काठमाडौंविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

​आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार कटहरिया नगरपालिकामा आर्थिक वर्ष (आव) २०७७/०७८ को नगरसभाबाट बजेट स्वीकृत नगराइ सरिता फाउण्डेशनको नाममा पाँच लाखको चेक काटी मिलेमतोमा रकम हिनामिना गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।

अनुसन्धानका क्रममा डकुमेन्ट्री तयार गर्ने प्रयोजनमा आपसी मिलेमतोमा रकम हिनामिना गरेको पाइएपछि मंगलबार मुद्दा दायर गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।

आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत साहका साथै तत्कालीन सहायक लेखापाल विवेककुमार सहनी, रामनरेशप्रसाद यादव, तत्कालीन सहायक कम्प्युटर अपरेटर उमेशकुमार दास तत्मा, तत्कालीन खरिदार कौसलकिशोर चौधरी र तत्कालीन खरिदार छोटेलाल मिश्र, सरिता फाउण्डेशन, काठमाडौं र सरिता फाउण्डेशनकी निर्देशक सरिताकुमारी साहलाई पनि प्रतिवादी कायम गरेको छ । 

९ लाख ९८ हजार ९२१ रुपैयाँ बिगो कायम गर्दै आयोगले उनीहरूलाई कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्