
काठमान्डु गोर्खाजका शाहब आलमले एनपीएल सिजन टुको पहिलो ह्याट्रिक लिएका छन् ।
पोखराविरुद्ध अन्तिम ओभर बलिङ गरेका आलमले ऋषि धवन, विपिन खत्री र आकाश चन्दलाई आउट गरेका हुन् ।
बीसौं ओभरको पहिलो बलमा ५४ रन बनाएर खेलिरहेका ऋषि धवनलाई मिलिन्द कुमारको हातबाट क्याच गराएका आलमले लगत्तैको बलमा विपिन खत्रीलाई विकेट किपरबाट स्टम्पिङ गराए ।
तेस्रो बलमा आकाश चन्द पनि मिलिन्द कुमारकै हतबाट क्याच भए । अन्तिम बलमा उनले सागर ढकाललाई पनि आउट गरे ।
यससँगै काठमाडौंले पोखराविरुद्ध १३ रनको जीत दर्ता गरेको छ ।