०९ साउन २०८३, शनिबार

भीम सार्की बने एनपीएलमा छिटो अर्धशतक बनाउने नेपाली खेलाडी

मंसिर १८, २०८२
काठमाडौं
भीम सार्की बने एनपीएलमा छिटो अर्धशतक बनाउने नेपाली खेलाडी

काठमाण्डू गोर्खाजका भीम सार्की दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा छिटो अर्धशतक बनाउने नेपाली खेलाडी बनेका छन् । 

भीमले बिहीबार पोखरा एभेन्जर्स विरूद्ध १९ बलमा ५ चौका र ४ छक्कासहित अर्धशतक पूरा गरे ।  

एनपीएलमा यसअघि यति छिटो कुनै पनि नेपाली ब्याटरले अर्धशतक प्रहार गर्न सकेका थिएनन् । जारी सिजनमा सुदूरपश्चिम रोयल्समा आवद्ध विदेशी खेलाडी हर्मित सिंहले काठमाण्डूविरूद्ध १९ बलमा अर्धशतक जोडेका थिए । 

हर्मितको उक्त रेकर्ड बिहीबार भीमले बराबरीसमेत गरे । यसअघि गत सिजनमा भने जनकपुर बोल्ट्सका जिमी निशमले १८ बलमै अर्धशतक जोडेको रेकर्ड छ । बिहीबारको भीमको अर्धशतकसँगै यो संस्करणमा अर्धशतकको संख्या २९ पुगेको छ । 

२९ अर्धशतक हिर्काउनेमा २५ खेलाडी सामेल छन् । यसअघि जारी सिजनमा चितवन राइनोजका रवी बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पञ्चालले दुई/दुई अर्धशतक हिर्काएका छन् । 

सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, ईशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित बर्मा, जिमी निशम, एडम रोसिङटन, चितवनका डेविड मलान र अर्जुन साउद, काठमाण्डू गोर्खाजका जोन सिम्प्सन, बेन चाल्र्सवर्थ, कर्णालीका मार्क वाट, लुम्बिनीका डार्सी सर्ट, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमूर्ति, माज सदाकत, अनिल शाह र आशिफ शेखले एक/एक अर्धशतक हिर्काएका छन् । 

कर्णालीका मार्क वाट र पोखराका एडम रोसिङटनले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन् ।   
 

salt training

कमेन्ट गर्नुहोस्