०८ साउन २०८३, शुक्रबार

साफ महिला क्लब च्याम्पियनसिपमा एपीएफको विजयी शुरूआत

मंसिर १९, २०८२
काठमाडौं
साफ महिला क्लब च्याम्पियनसिपमा एपीएफको विजयी शुरूआत

दक्षिण एसियाली फूटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिप फूटबल प्रतियोगितामा नेपालको एपीएफ क्लबले विजयी शुरूआत गरेको छ ।

प्रतियोगिताको पहिलो दिन दशरथ रंगशालामा भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बंगलादेशको लिग च्याम्पियन नासरिन स्पोर्टस एकेडेमीलाई ४–० गोलको फराकिलो अन्तरले हराएको हो ।

त्यसअघि, शुक्रबार नै भएको प्रतियोगिताको उद्‌घाटन खेलमा पाकिस्तानको कँराची सिटी फूटबल क्लब र भुटानको ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्