
दाङको लमहीमा गोली चलेको छ ।
लमही नगरपालिका-५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उदेश्यले गोली चलेको बताइएको छ ।
गोली लागेर पसल सञ्चालक १८ वर्षीय दीपक सुनार घाइते भएका छन् ।
अहिले उनको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशन राज पाण्डेले जानकारी दिएका छन् ।