०६ साउन २०८३, बुधबार

दशौं राष्ट्रिय देवदह महोत्सव पुस अन्तिम सातादेखि हुने

मंसिर २०, २०८२
बुटवल
दशौं राष्ट्रिय देवदह महोत्सव पुस अन्तिम सातादेखि हुने

रुपन्देहीको देवदहमा आउँदो पुस अन्तिम सातादेखि दशौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला तथा कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । उद्योग व्यापार संघ देवदहको आयोजनामा हुने महोत्सवको तयारी तीव्र बनाइएको छ ।

‘राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार विविधीकरण’ नाराका साथ पुस २३ गतेदेखि आयोजित महोत्सव माघ ६ गतेसम्म चल्नेछ ।

मेला आयोजक समितिका संयोजक तथा देवदह उद्योग व्यापार संघका अध्यक्ष गणेशकुमार खातीले महोत्सवले देवदहको ऐतिहासिक सांस्कृतिक, धार्मिक, कृषि एवं पर्यटकीय स्थलहरूको प्रचारप्रसारलाई विशेष जोड दिइने बताए ।

महोत्सव करिब ५ लाख दर्शकले अवलोकन गर्ने र ११ करोड बढीको कारोबार हुने अनुमान गरिएको छ ।

महोत्सवमा कृषि, गार्मेन्ट, हस्तकला, स्थानीय उत्पादनलाई प्रोत्साहन तथा बजारीकरण गर्न महोत्सवले भूमिका खेल्ने खातीले बताए ।

देवदह उद्योग व्यापार संघका संस्थापक अध्यक्ष गोविन्द ठड्राइले यो वर्षको महोत्सव फरक र नयाँपन प्रदान गर्ने गरी आयोजक अघि बढेको बताए ।

संस्थाका सचिव धनबहादुर कुँवरले आकर्षक प्रवेशद्वारसहित देवदह आइडल, देवदह गायक प्रतिस्पर्धा, भोजन मण्डलीका साथ विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको हरेक दिन प्रस्तुति रहने बताए ।

देवदहमा २०७१ देखि निरन्तर व्यापार मेला हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्