२८ असार २०८३, आइतबार

अलास्का र क्यानडाको सीमा क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

मंसिर २१, २०८२
काठमाडौं
अलास्का र क्यानडाको सीमा क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

 अमेरिकाको अलास्का र क्यानडाको युकोन क्षेत्रको सीमा नजिकै आइतबार बिहान ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु अलास्काको जुनोबाट करिब ३७० किलोमिटर उत्तर-पश्चिम र क्यानडाको ह्वाइटहर्सबाट २५० किलोमिटर पश्चिममा रहेको थियो।

शक्तिशाली भूकम्प भए पनि कुनै सुनामीको चेतावनी जारी गरिएको छैन। अधिकारीहरूका अनुसार हालसम्म कुनै मानवीय क्षति वा ठुलो भौतिक नोक्सानीको विवरण प्राप्त भएको छैन।

'नेचुरल रिसोर्सेस क्यानडा' की सिस्मोलोजिस्ट एलिसन बर्डका अनुसार भूकम्प गएको क्षेत्र पहाडी भूभाग हो र त्यहाँ निकै कम जनघनत्व छ। बर्डले भनिन्, 'मानिसहरूले दराज र भित्ताबाट सामानहरू खसेको बताएका छन्, तर अहिलेसम्म संरचनागत क्षतिको (घर भत्किने आदि) कुनै जानकारी आएको छैन।'

रोयल क्यानेडियन माउन्टेड पुलिसका सार्जन्ट क्यालिस्टा म्याक्लिउडले ह्वाइटहर्स क्षेत्रमा भूकम्पको धक्का राम्रैसँग महसुस गरिएको र मानिसहरूले सामाजिक सञ्जालमा यसबारे चर्चा गरेको बताएकी छिन्।

भूकम्पको केन्द्रविन्दु क्यानडाको हेन्ज जक्सनबाट करिब १३० किलोमिटर र अलास्काको याकुतातबाट ९१ किलोमिटर टाढा रहेको थियो। जमिन सतहबाट करिब १० किलोमिटर गहिराइमा गएको यो मुख्य भूकम्पपछि धेरै साना परकम्पहरू आइरहेको समाचारमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्