१९ असार २०८३, शुक्रबार

भारत–रुस सहकार्य कसैविरुद्ध होइन, अमेरिकाविरुद्ध पनि होइन– पुटिन

मंसिर २१, २०८२
काठमाडौं
भारत–रुस सहकार्य कसैविरुद्ध होइन, अमेरिकाविरुद्ध पनि होइन– पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत र रुसबीच बढ्दो सहकार्य कुनै पनि तेस्रो देशलाई लक्षित नभएको बताएका छन्। उनले यसमा संयुक्त राज्य अमेरिका समेत नपर्ने स्पष्ट पारे।

भारत भ्रमण अघि क्रेमलिनमा आजतक र इण्डिया टुडेसँगको अन्तर्वार्तामा पुटिनसँग द्विपक्षीय सम्बन्धको भविष्य र वाशिंगटनको प्रतिक्रिया बारे प्रश्न गरिएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शुल्क नीतिले भारतमाथि परेको प्रभावबारे बुझ्दा पुटिनले भने, 'उनी आफ्नो नीति चलाउँछन्। उनका सल्लाहकारहरू छन्, निर्णय हावामा बनाइँदैन। उनीहरू विश्वास गर्छन् कि व्यापार साझेदारमाथि थप शुल्क लगाउने नीतिले अन्ततः अमेरिकाको अर्थतन्त्रलाई फाइदा गर्छ। मेरा हिसाबले उनी आफ्नो विश्वास अनुसार नै काम गर्छन्।'

पुटिनले रुसले यस्ता अभ्यासलाई नअपनाउने बताए। "हाम्रा विज्ञहरूको ठहरमा यसमा जोखिम छन्। तर कुन आर्थिक नीति अपनाउने भन्ने निर्णय प्रत्येक देश र नेतृत्वको कुरा हो। हामीले यस्तो अभ्यास कहिल्यै गरेका छैनौं, अहिले पनि गर्दैनौं, भविष्यमा गर्ने इरादा पनि छैन। हाम्रो अर्थतन्त्र खुला छ। विश्व व्यापार संगठनका नियम उल्लङ्घन हुने सबै मुद्दा अन्ततः समाधान हुने आशा गर्छौं,' उनले भने।

भारत–रुसको ‘मेक इन इंडिया, मेक विथ रुसिया’ जस्ता पहलप्रति ट्रम्पको प्रतिक्रिया कस्तो हुन सक्छ भन्ने प्रश्नमा पुटिनले सहकार्य कुनै देशविरुद्ध नभएको दोहोर्‍याए। 'म र प्रधानमन्त्री मोदीले, बाह्य दबाबका बाबजुद, कहिल्यै पनि कसैविरुद्ध उन्मुख भएर सहकार्य गरेको छैनौं। राष्ट्रपति ट्रम्पको आफ्नै एजेन्डा छ। हाम्रो लक्ष्य भारत र रुसका हित सुरक्षित गर्ने हो, कसैलाई हानि पुर्‍याउने होइन,' उनले भने।

ट्रम्पले भारतले रुसी तेल किन्दा'युद्धलाई पैसा पुगेको' भनेर गरिएको टिप्पणीबारे सोधिएकोमा पुटिनले अमेरिकी राष्ट्रपतिबारे व्यक्तिगत टिप्पणी गर्न नमिल्ने बताए। 'म कुनै समकक्षीबारे व्यक्तिगत मूल्यांकन दिँदिनँ । त्यो निर्णय चुनावमा मतदान गर्ने नागरिकले गर्ने हो,' उनले भने।

भारतको ऊर्जा आयातमाथि अमेरिकी आलोचनाबारे पुटिनले अमेरिकाले नै अहिले पनि रुसी आणविक इन्धन किनिरहेको उल्लेख गरे। 'संयुक्त राज्य अमेरिका अहिले पनि आफ्ना परमाणु ऊर्जा केन्द्रका लागि रुसबाट युरेनियम किन्छ। यदि अमेरिकालाई इन्धन किन्न अधिकार छ भने भारतलाई किन हुनु हुँदैन?' उनले प्रश्न गरे।

'यो विषय गम्भीर छलफलयोग्य छ र आवश्यक परे राष्ट्रपति ट्रम्पसँग पनि छलफल गर्न हामी तयार छौं,' पुटिनले थपे।

salt training

कमेन्ट गर्नुहोस्