२७ असार २०८३, शनिबार
पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार

६ पटकका अर्थमन्त्री डा. रामशरण महतलाई पद छाडेको दशकपछि भ्रष्टाचार मुद्दा

मंसिर २१, २०८२
काठमाडौं
६ पटकका अर्थमन्त्री डा. रामशरण महतलाई पद छाडेको दशकपछि भ्रष्टाचार मुद्दा

६ पटकसम्म अर्थमन्त्री बनेका नेपाली कांग्रेसका नेता डा. रामशरण महतलाई भ्रष्टाचार मुद्दा लागेको छ । झन्डै एक दशकदेखि सक्रिय राजनीतिमा नरहेका महतलाई पछिल्लो पटक २०७० सालपछि अर्थमन्त्री बनेको बेला भ्रष्टाचार मुद्दा लागेको हो । 

पोखरा क्षेत्रीय विमानस्थल निर्माणका क्रममा लागत बढाउन भूमिका खेलेको भन्दै तत्कालीन अर्थमन्त्रीको हैसियतमा अख्तियारले आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो । महतसहित ५५ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

महतसहितका प्रतिवादीले चाइना इन्जिनियरिङ कर्पोरेसनका पदाधिकारीसँगको मिलेमतोमा योजनामा स्वीकृत अनुमान भन्दा बढाई ७ करोड ४३ लाख ४३ हजार लागत बढाएर प्रतिवदीलाई फाइदा हुने काम गरेको अख्तियारको 'चार्ज सिट'मा उल्लेख छ । 

२०७१ कात्तिक ३ गते तत्कालीन मन्त्री महत, तत्कालीन अर्थ सचिव सुमन शर्मा, कानुन सचिव भेषराज शर्मा,  पर्यटन सचिव मोहनकृष्ण सापकोटा, अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनी तथा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक रतीशचन्द्र लाल सुमनसहितको बैठकले सम्झौता भइसकेको परिमार्जित २ लाख १५ हजार ९ सय ६५ मिलियन अमेरिकी डलर अनुसार परियोजना कार्यान्वयन गर्ने बदनीयतपूर्ण निर्णय गरेको अख्तियारको चार्ज सिटमा उल्लेख छ ।

null

महतसँगै पूर्वमन्त्री एमालेका भीम आचार्य, माओवादीका स्व. पोस्टबहादुर बोगटीसहितलाई प्रतिवादी बनाएर ८ अर्ब ३६ करोड बिगोदावी सहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ । सहुलियतपूर्ण चिनियाँ ऋणमा बनेको विमानस्थल सञ्चालनमा आउन सकेको छैन भने यसको प्राविधिक पक्षबारे कयौँ प्रश्न उठेका छन् । 

भ्रष्टाचार मुद्दा लागेका महत पछिल्लो पटक सुशील कोइराला नेतृत्वको सरकारमा अर्थमन्त्री थिए । २०४६ सालमा प्रजातन्त्र स्थापना भएपछिका झण्डै ३ दशक सत्ताको नजिक र कांग्रेसको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका महतलाई जीवनको उत्तरार्धमा भ्रष्टाचारको दाग लागेको छ ।

खुला बजार अर्थतन्त्रका हिमायतीहरू महतलाई नेपालका सफल अर्थमन्त्रीको रूपमा चित्रण गर्ने गरेका छन् । आलोचकहरू भने नेपालमा धनी र गरिबबिचको खाडल बढ्नुमा महतलाई दोषी देख्छन् ।

राष्ट्रिय योजना आयोगमा समेत रहेर काम गरेका महत खुला बजार अर्थतन्त्र पक्षधर अर्थशास्त्री हुन् । बिर्सने रोगका कारण उनी पछिल्लो समय राजनीतिक रूपमा निष्क्रिय छन् । भदौ २३ भएको जेनजी आन्दोलन पछि २४ गते भड्किएको आन्दोलनमा महतको घरमा समेत तोडफोड भएको थियो ।


salt training

कमेन्ट गर्नुहोस्