०९ असार २०८३, मंगलबार

बलात्कार आरोपमा २ जना पक्राउ

मंसिर २२, २०८२
काठमाडौं
बलात्कार आरोपमा २ जना पक्राउ

बलात्कार आरोपमा अछाम र बझाङबाट २ जना पक्राउ परेका छन् ।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अछामको ढकारी गाउँपालिका- २ बलातीबाडा कालिकास्थान बस्ने १९ वर्षीय पुष्प साउदलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ । 

साउदले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी ढकारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै, २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङको जयपृथ्वी नगरपालिका- ३ बस्ने २२ वर्षीय सुरज जोशी पक्राउ परेका छन् ।​ 

सुरजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुवै घटनामा थप अनुसन्धान भइरहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्