![महाधिवेशनबाट ४ सन्देश दिँदैछौं, अध्यक्षमा ओलीको विकल्प छैन– शेरबहादुर तामाङ [भिडियो अन्तर्वार्ता]](https://lktcdn2.prixacdn.net/media/Sherbahadur_Tamang_1_1_kjk6yJ8NAD.jpg)
मुलुक राजनीतिक संकटबाट गुज्रिरहेको समयमा मंसिर २७ गते शुरू हुने नेकपा एमालेको ११ औं महाधिवेशनप्रति धेरैको चासो छ ।
अध्यक्षमा तेस्रो कार्यकालका लागि केपी शर्मा ओली दोहोरिन चाहिरहेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् ।
पोखरेलले महाधिवेशनमा पेश गर्न भन्दै ४० पेजको छुट्टै राजनीतिक दस्तावेज पार्टीमा दर्ज गरिसकेका छन् ।
नेतृत्वमा ओलीलाई चुनौती दिने पोखरेलले बताएपछि एमाले महाधिवेशनप्रति उत्सुकता बढेको छ ।
एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ आसन्न महाधिवेशनले नेतृत्वमा रहेको जाम खुलाउनेसहित ४ सन्देश दिने बताउँछन् ।

नेता तामाङले समकालीन राजनीतिमा ओलीको जस्तो भिजन, दृष्टिकोण र नेतृत्व क्षमता भएको व्यक्ति कोही नभएकाले अध्यक्षमा ओलीको विकल्प खोज्न नसकिने पनि बताए ।
यसलाई व्यक्ति पूजाको रूपमा चित्रण गर्न नसकिने उनको भनाइ छ ।
शालीन र भद्र स्वभावका नेता तामाङलाई कतिपयले एमालेमा सुवास नेम्वाङको जस्तो समन्वयकारी भूमिका खेल्न सक्ने नेताको रूपमा समेत विश्लेषण गर्छन् ।
कुलमान घिसिङले नयाँ दल खोलेर ताम्सालिङ क्षेत्र (काठमाडौं आसपासका जिल्ला)मा प्रभाव जमाउन खोजेको अवस्थामा त्यसलाई काउन्टर दिन सक्ने एमालेको एक मात्र नेता तामाङ रहेको एमालेभित्र विश्लेषण भइरहेको छ ।
पूर्व कानून र स्वास्थ्य मन्त्री समेत रहिसकेका तामाङले महाधिवेशनमा उपमहासचिव पदमा आफ्नो रूचि र दाबी रहेको बताएका छन् ।
ओलीलाई अध्यक्षमा दोहोर्याउने बाहेक एमाले महाधिवेशनमा के हुन्छ ?
पार्टीमा अर्को स्थायी गुट सिर्जना हुन लागेको हो ?
अहिलेको राजनीतिक गतिरोधको निकास के हो ?
महाधिवेशनपछि हुने आमनिर्वाचनमा एमाले के एजेन्डा लिएर जान्छ ?
रास्वपालगायत नयाँ दलको चुनौती सामना गर्न एमालेसँग के योजना छ ?
यी लगायत समसामयिक विषयमा गरिएको कुराकानी हेर्नुहोस्, भिडियोमा :