
सुदूरपश्चिम रोयल्स राजधानीमा जारी दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ ।
मंगलबार सम्पन्न पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्ग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन पनि उपाधि नजिक पुगेको हो । पराजित विराटनगरले भने दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ ।
खेलपछि विराटनगरका निर्देशक दीपेन्द्र चौधरीले ब्याटिङ नचल्दा पराजित हुनुपरेको बताए । 'अस्ती हाम्रो दिन थियो, आज सुदूरको दिन रह्यो' खेल सकिएपछि मंगलबार उनले भने, 'ब्याटिङमा हामी चल्न सकेनौँ, त्यसको नतिजा सुदूरपश्चिमको पक्षमा प-यो ।” खेलमा भएका कमीकमजोरी सुधार गरेर अर्काे खेलमा राम्राे गर्ने उनले बताए ।
यता सुदूरपश्चिमका विदेशी खेलाडी स्कट कुगेलेइनले भने यसपटकको उपाधि आफूहरूले जित्ने बताए ।