
प्रभावशाली फुटबल खेलाडी सन ह्युङ–मिनलाई ‘ब्ल्याकमेल’ गर्ने एक महिलालाई दक्षिण कोरियाको अदालतले चार वर्ष कैदको फैसला सुनाएको छ ।
सोही आरोपमा एक २० वर्षीया महिलासँगै उनका अर्का सहयोगी ४० वर्षीय एक पुरुषलाई पनि जेल सजाय सुनाइएको समाचारमा जनाइएको छ ।
सन ह्युङ–मिन इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहामका पूर्वकप्तान पनि हुन् । ती महिलाले आफू गर्भवती भएको र बच्चाको बाबु सन ह्युङ–मिन रहेको दाबी गर्दै आएकी थिइन् ।
सोही विषयलाई लिएर ती महिला र उनका सहयोगीले सन ह्युङ–मिनलाई लामो समयदेखि ‘ब्ल्याकमेल’ पनि गर्दै आएका थिए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, ती महिलाले सन ह्युङ–मिनलाई एक वर्षअघिदेखि ठूलो रकमको माग गर्दै ‘ब्ल्याकमेल’ गरेकी थिइन् ।
फुटबलर सन ह्युङ–मिनले भने आफूमाथि लगाइएको आरोप निराधार भएको बताउँदै आएका थिए । पछि यो विषय अदालतसम्म पुगेको थियो ।