
दक्षिणी चीनको एक आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ ।
गुआङ्गडोङ प्रान्तको सान्टौमा रहेको चार तले भवनमा मङ्गलबार राति ९ः२० बजे शुरू भएको आगलागी राति १० बजेपछि नियन्त्रणमा लिएको स्थानीय अग्निशमन विभागले विज्ञप्तिमार्फत जनाएको छ ।
यस अघि गुआङडोङ र हङकङका आवासीय टावरहरूमा ठूलो आगलागी हुँदा १६० जनाको मृत्यु भएको थियो ।
आगोले भवनको १५० वर्ग मिटर क्षेत्रलाई असर गरेको जनाउँदै चाओनान जिल्ला फायर एन्ड रेस्क्यु टोलीले आगलागीको कारण अनुसन्धान तथा र व्यवस्थापनको कार्य भइरहेको बताएको छ ।
यस अघि बुधबार बिहानको प्रारम्भिक रिपोर्टमा आठ जनाको मृत्यु भएको र चार घाइतेलाई अस्पताल लगिएको जनाइएको थियो ।
अहिले चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले १२ जनाको मृत्यु भएको जनाएको छ ।
गत महिना हङकङमा आगलागी भएपछि चीनले अग्ला भवनहरूमा आगोको खतराविरुद्ध अभियानसमेत चलाएको छ ।