२७ असार २०८३, शनिबार
भिजिट भिसा प्रकरण

सहसचिव भट्टराईसहित तीन जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

मंसिर २५, २०८२
काठमाडौं
सहसचिव भट्टराईसहित तीन जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईसहित तीन जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुर अन्तर्गतको मुद्दा पेस गरेको छ । 

अख्तियारले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख समेत रहेका सहसचिव भट्टराईसहित तीन जनाविरुद्ध घुस रिसवतसँगै सम्पत्ति शुद्धीकरणको समेत मुद्दा पेस गरेको हो ।

विशेष अदालतका सूचना अधिकारी यज्ञ‍राज रेग्मीका अनुसार सहसचिव भट्टराईसँगै तत्कालीन अध्यागमन अधिकृत यज्ञराज अर्याल र जग्गा व्यवसायी खेम प्रसाद सुवेदीविरुद्ध उक्त मुद्दा पेस भएको हो । 

तीनै जनाविरुद्ध १ करोड ३ लाख ७९ हजार ६ सय रूपैयाँ सम्पत्ति शुद्धीकरण गरेको भन्दै अभियोगपत्र पेस भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्