
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी सबैभन्दा सफल विकेटकिपर बनेका छन् ।
विनोद भण्डारीले विकेटकिपरको भूमिकामा विभिन्न टोलीका कूल १० ब्याट्सम्यानलाई पेभेलियन फर्काए । उनले सातवटा क्याच लिए भने तीन ब्याट्सम्यानलाई स्टम्पिङ गरे ।
यो सूचीमा पोखरा एभेन्जर्सका विकेटकिपर एडम रोसिङ्टन दोस्रो स्थानमा रहे ।
उनले विकेटकिपरको भूमिकामा सात ब्याट्सम्यानलाई पेभेलियन फर्काए । रासिङ्टनले चारवटा क्याच लिए भने तीन ब्याट्सम्यानलाई स्टम्पिङ गरे ।