
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
समितिले सार्वजनिक गरेको अधिकतम मूल्यसूची अनुसार भारतीय ठूलो गोलभेडाको अधिकतम थोक मूल्य प्रतिकिलो १०० रुपैयाँ पुगेको छ भने भारतीय सानो गोलभेडा ८८ रुपैयाँ र नेपाली ठूलो गोलभेडा ७५ रुपैयाँ कायम भएको छ। त्यस्तै, रातो आलुको मूल्य ५० रुपैयाँ, सेतो आलु ३० रुपैयाँ र सुकेको भारतीय प्याजको मूल्य ४५ रुपैयाँ तोकिएको छ।
बजारमा सबैभन्दा महँगो तरकारीमा कुरिलो रहे छ, जसको अधिकतम मूल्य प्रतिकिलो १,२०० रुपैयाँ पुगेको छ। मौसमी तरकारीहरुतर्फ स्थानीय काउली (ज्यापु) ९० रुपैयाँ, भिण्डी १७० रुपैयाँ, तने बोडी १८० रुपैयाँ र डल्लो भन्टा ९० रुपैयाँमा बिक्री वितरण भइरहेको छ। सागपाततर्फ जिरीको साग २०० रुपैयाँ, मेथीको साग १५० रुपैयाँ र रायो साग ५० रुपैयाँ प्रतिकिलो कायम छ। च्याउका पारखीहरूका लागि डल्ले च्याउ ३०० रुपैयाँ र सिताके च्याउ १,००० रुपैयाँ तोकिएको छ।
फलफूलतर्फ स्ट्रबेरी (भुईँएसेलु) को मूल्य उच्च रहँदै प्रतिकिलो ५०० रुपैयाँ पुगेको छ। अनार ४०० रुपैयाँ, आभोकाडो ३५० रुपैयाँ, फुजी स्याउ ३०० रुपैयाँ र किवी ३०० रुपैयाँ कायम भएको छ। केराको मूल्य प्रति दर्जन २०० रुपैयाँ रहेको छ।
चाइनिज सुकेको लसुन २३० रुपैयाँ, सुकेको खुर्सानी ४२० रुपैयाँ र अकबरे हरियो खुर्सानी २३० रुपैयाँ तोकिएको छ। त्यस्तै, पार्सलेको मूल्य ६०० रुपैयाँ र सुकेको माछा १,००० रुपैयाँ प्रतिकिलो कायम भएको समितिले जनाएको छ।